इजरायल र हमास भिडन्तमा हिजबुल्लाहका चार कमाण्डर मारिएको दाबी

इजरायल र हमासबीच लेवनानको सीमामा भिडन्त भएको छ । इजरायली हमलामा हिजबुल्लाहका चार कमाण्डरको मृत्यु भएको सेनाले दाबी गरेको छ । 
इजरायली सेनामाथि हिजबुल्लाहले ड्रोन हमला गरे लगत्तै इजरायलले गरेको आक्रमणमा चार जना कमाण्डर मारिएका हुन । लेबनानको नबातीह क्षेत्रमा कारमा सवार उनीहरुमाथि इजरायलले क्षेप्यास्त्र आक्रमण गरेको हो । हिजबुल्लाहका कमाण्डर बिसाम ताविल मारिएको बदलामा हमासले इजरायलमाथिको आक्रमण गरेपछि इजरायलले पनि आक्रमण गरिरहेको छ । इजरायल र हमासबीच जारी युद्धमा २४ हजार बढी प्यालेस्टेनीको मृत्यु भइसकेको छ । ५० हजार भन्दा बढी प्यालेस्टिनी घाईते छन । 

प्रतिक्रिया