शेयर बजारमा दोहोरो अङ्कले बृद्धि

शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६२ अंकले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा पुगेको हो । बजारसँगै आज कारोबार रकम र संख्या पनि बढेको छ । आज ३०९ कम्पनीका १ लाख ४ हजार ६ सय १९ पटकको कारोबारमा १ करोड ७९ लाख ४९ हजार ५ सय ६२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८ सय ६६ रुपैयाँ रहेको छ ।सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ४९ लाख रुपैयाँको शेयर खरिद÷बिक्री भएको छ । निफ्राको आठ लाख ५१ हजार कित्ता शेयर किनबेच भएका छन् ।  आज जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक ’सर्किट’ लागेको छ ।  कर्णाली विकास बैंक, सिन्धु विकाकस बैंक लगायत ११ कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको हो । धौलागिरि लघुवित्तको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । बढेको बजारमा १ सय ६५ कम्पनीका लगानीकर्ताले कमाएका छन । 

प्रतिक्रिया