अर्थमन्त्री महत भारतको गुजरात प्रस्थान

अर्थमन्त्री डा. प्रकाशशरण महत भारतको गुजरात प्रस्थान गरेका छन । उनी आज भिस्तारा एयरको उडानबाट नयाँ दिल्ली हुँदै गुजरात प्रस्थान गरेका हुन । उनले पुस २५ देखि २७ गतेसम्म गुजरातस्थित गान्धीनगरमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा नेपालको प्रतिनिधित्व गर्नेछन । डा. महतले समिटमा आफ्नो विशेष प्रश्तुती दिने र भारतीय उद्योगीहरूसँग भेट गर्ने कार्यक्रम छ । १० औँ संस्करणको समिटमा विदेशी लगानीकर्ता र उद्योगीलाई गुजरातमा लगानीका लागि प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । सन् २००३ देखि प्रत्येक दुई–दुई वर्षमा आयोजना हुँदै आएको समिट यस पटक चार वर्षपछि आयोजना हुन लागेको हो । यस अघि सन् २०२२ को जनवरी १० देखि १२ सम्म समिट आयोजना हुने तय भएकोकोमा कोरोना महामारीका कारण स्थगित भएको थियो ।  अर्थमन्त्री महत शुक्रबार काठमाडौँ फर्कने कार्यक्रम छ । 

प्रतिक्रिया