राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका

शुक्रबार अन्तिम नामावली प्रकाशन हुने

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएकाहरुविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ । निर्वाचन कार्यक्रमअनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिने कार्यतालिका रहेको हो । यस्तै पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने कार्यसूची छ । आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यक समुदायतर्फ आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो । फागनु २० गते राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदैछ । तिमध्ये १९ सांसदका लागि निर्वाचन हुन लागेको हो ।  एक राष्ट्रपतिबाट मनोनीत हुने छन् । 

प्रतिक्रिया