डिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम उठाउन किस्ताबन्दी सुविधा
तीस दिनभित्र आवेदन दिन आग्रह
नेपाल विद्युत् प्राधिकरणले बक्यौता विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउन निवदेन दिन आग्रह गरेको छ । प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गर्दै प्राधिकरणले एक महिनाभित्र निवेदन दिन किस्तामा बक्यौता महसुल बुझाउन चाहने उद्योग तथा कम्पनीहरूलाई आग्रह गरेको हो । प्राधिकरणले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आह्वान गरेको हो । नेपाल विद्युत प्राधिकरणले बक्यौता विद्युत महसुल रकम बुझाउन ६० दिनको समय दिएको छ । डेडिकेटेड फिडर र ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहक र प्राधिकरणबीच बक्यौता विद्युत् महसुलको विवाद छ । डेडिकेडेट र ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगहरूको लाइन काटिएको छ। जसका कारण उद्योगी–व्यवसायीहरू आन्दोलित छन । डेडिकेटेड र ट्रंकलाइन विवादका कारण ८५ हजारले रोजगारी गुमाएको नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ ।
प्रतिक्रिया