इजरायली सेनाको आक्रमणमा हिजबुल्लाहका वरिष्ठ कमान्डर मारिए

इजरायली सेनाले गरेको ड्रोन आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएका छन् । दक्षिणी लेबनानमा भएको आक्रमणमा हिजबुल्लाहका वरिष्ठ नेताको पहिचान ‘विसाम अल–तबिल’ मारिएका हुन । विसाम अल–ताबिल हिजबुल्लाहको एक एकाइ रडवान फोर्सका उपप्रमुख थिए । विसाम र अर्का एक हिजबुल्लाह लडाकु चढेको कारमाथि लेबनानी गाउँ माजदल सेलममा आक्रमण भएको हो । आक्रमणपछि हिजबुल्लाहका नेता सय्यद हसन नसरल्लाहले इजरायलले लेबनानविरुद्ध युद्ध नगर्न चेतावनी दिएका छन् । यसैविच इजरायलले उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरमा हवाई आक्रमण तिब्र पारेको छ । आक्रमणमा थुप्रै सर्वसाधारण मारिएका छन । तर, इजरायली सेनाले हमासको सैन्य अखडालाई निशाना बनाएको बताएको छ । अर्कोतर्फ, आइतबार कब्जा गरिएको वेस्ट बैंकबाट पनि हिंसाका घटना सार्वजनिक भएका छन । जेनिन सहरमा इजरायली हमलामा सात जनाको मृत्यु भएको छ । इजरायली सेनाले पछिल्ला तीन महिनामा मात्र ६ हजार सहायता ट्रक गाजामा प्रवेश गरेको दावी गरेको छ । युद्धविराम बिना खाँचोमा परेकाहरूसम्म पुग्ने र सहायता पु¥याउने कार्यमा अबरोध नभएको उसको दाबी छ । इजरायल–हमास युद्धका कारण गाजामा मारिनेको संख्या २३ हजार नाघेको छ ।विगत २४ घण्टामा २४९ जना मारिएका छन । यस्तै तीन महिनाभन्दा बढीको लडाइँमा उक्त क्षेत्रमा ५८ हजार ९२६ जना घाइते भएको समेत जनाएको छ । 
 

प्रतिक्रिया