नेपवेस्टसँग भएको सम्झौता कार्यान्वयन वा रद्ध गर्ने काम चाँडै हुनेछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकार र नेपवेस्टबीच भएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी सम्झौताको कार्यान्वयन वा रद्ध गर्ने काम चाँडै हुने बताएका छन । काठमाडौं भ्याली मेयर्स फोरमले उपत्यकाको फोहोर व्यवस्थापनका लागि नेपवेस्टसँगको सम्झौता कार्यान्वयन गर्न  माग गर्दै ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन । प्रधानमन्त्री दाहालले फोरमसँग छिटो भन्दा छिटो फोहोर व्यवस्थापन गर्न र सम्झौताअनुसार काम गर्नका लागि आवश्यक निर्देशन दिएको फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । 
फोरमले आफूहरुले नेपाल विद्युत प्राधिकरणले स्मार्ट सिटी लाइट राख्दा ६०/४० को नीति विपरित बिल पठाएको बारेमा पनि सरकारको ध्यानाकर्षण गराएको छ । सोबारेमा प्रधानमन्त्री दाहालले आफूले सम्बन्धित निकायलाई निर्देशक दिइसकेको स्पष्ट पारेका छन । ६०/४० को नीतिअनुसार सडक बत्तीको बिल पठाए आफूहरुले तिर्ने फोरमको प्रतिबद्धता छ । 

प्रतिक्रिया