शेयर बजारमा ३६.५७ अंकले बृद्धि,  ४ अर्ब ६७ करोड ५२ लाखको कारोबार

साताको दोस्रो कारोबार दिन आज शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलब ५७ अंक बढेर २ हजार ५९ दशमलब ४९ विन्दुमा पुगेको हो । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से आज नेप्से परिसूचक १ दशमलब ८० प्रतिशत अर्थात त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४ दशमलब २७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २ दशमलब ४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलब ४३ अंक बढेको छ । नेप्से बढेपनि कारोबार रकम भने सामान्य घटेको छ । आज ३ सय नौ कम्पनीको शेयर ९९ हजार ५२४ पटकको कारोबारमा ४ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बराबरको १ करोड ३७ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सबैभन्दा धेरै निफ्राको मात्रै पाँच लाख २६ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएका छन् । माउन्टेन इनर्जी नेपालको १९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हाथवे इन्भेष्टमेन्टको कारोबार रकम साढे १६ करोड नाघेको छ ।आज आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबारमा आएको हिमालयन रि–इन्सुरेन्सको शेयरमा पनि पहिलो दिन सकारात्मक सर्किट लागेको छ । त्यस्तै सिंगटी हाइड्रो, मोदी इनर्जी, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, तेह्रथुम पावर कम्पनी र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लागेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।। 
 

प्रतिक्रिया