सुनकोशी– मरिण डाईभर्सनको बाँध निर्माणको कार्य अबरुद्ध
सिन्धुली जिल्लामा संचालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी– मरिण डाईभर्सन बहुउदेश्यिय आयोजनाको बाँध निर्माणको काम अबरुद्ध भएको छ । सुनकोशी र तामाकोशी नदी किनाराका स्थानियले ठेकेदारले काम गर्न दिनुपर्ने माग राख्दै केही दिनदेखि बाँध निर्माणको काम अबरुद्ध गर्दै आएका हुन् । सुनकोशी – मरिण डाईभर्सन बहुउदेश्यिय आयोजनाको बाँध निर्माणको ठेक्का पाएको भारतिय निर्माण कम्पनि पटेल र नेपाली जेभी सहयोगी रमण कन्ट्रक्सन कम्पनिले भने १०÷१५ जना स्थानियलाई मात्र काम दिन सक्ने बताउदै आएको छ । बाँध निर्माणको ठेकेदारले स्थानीयलाई काममा प्राथमिकता दिनुपर्ने उनीहरुको भाग छ । स्थानिय र ठेकेदारका प्रतिनिधि बीच स्थानियको माग सम्बोधन र निर्माणको कार्य सुचारु गराउनका लागी पटक पटक बार्ता भएपनि सहमती हुन सकेको छैन । स्थानियले बाँध निर्माणको काम अबरुद्ध पारेर आन्दोलन जारी राख्दा आयोजनाको काममा ढिला हुने देिखएको छ ।
प्रतिक्रिया