राष्ट्रिय सभामा सत्ता साझेदारको तालमेल उम्मेदवारी, एमाले र राप्रपाको एक्लै उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता साझेदार दलले तालमेल गरेर र प्रमुख प्रतिपक्षी एमाले र राप्रपा लगायतका दलले एक्लै उम्मेदवारी दर्ता गराएका छन । राष्ट्रियसभामा १९ जनाको पदावधि आगामी फागुन २० गते सकिन लागेकाले आज उम्मेदवारी दर्ता भएको हो । निर्वाचनमा गठबन्धनबाट १९ जना, नेकपा एमालेबाट १९ र राप्रपाबाट ९ जना मैदानमा छन् । नेपाली काङ्ग्रेसबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका १० जना चुनावी मैदानमा उत्रिएका छन् । कोशीमा सिटौला उम्मेदवार बन्दा मधेसमा आनन्द ढुङ्गानालाई उम्मेदवार बनेका छन् । बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार छन् । यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपाङ्गतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फ विष्णुकुमारी सापकोटा चुनावी मैदानमा छन् । कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्य बलदेव बोहरा र अपाङ्गतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार छन् । माओवादी केन्द्रले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरूपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्द चुनावी मैदानमा उतारेको छ । एकीकृत समाजवादीको बागमती प्रदेशमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको छ । गठबन्धनमा एक सीट पाएको जसपाले मधेसमा पूजा चौधरीलाई अघि सारेको छ ।राष्ट्रियसभा एमालेले कोशीमा रुक्मिणी कोइराला र पर्शुराम अधिकारी, मधेशमा उषादेवी थरुनी र डा. अर्जुनकुमार सिंह राजपुत, बागमतीमा रोचकुमारी चौलागाईं, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा , ध्रुवराज विश्वकर्मा र  गण्डकीमा सम्झना देवकोटा, चक्रबहादुर पराजुली र हेमन्द्र शेरचन उम्मेदवार छन । लुम्बिनीमा तुलसाकुमारी केसी, झपेन्द्रबहादुर घर्ती क्षेत्री, कर्णालीमा विमलाकुमारी शाही, डिल्लीप्रसाद भट्ट, हिक्मत विक र सुदूरपश्चिममासावित्री देवी घिमिरे, ईश्वरीप्रसाद खरेल  र रामचन्द्र जोशी उम्मेदवार बनेका छन । राप्रपाले पनि कोशीबाट एक, मधेसबाट २, बागमतीबाट चार, गण्डकीबाट दुई र लुम्बिनीबाट दुई उम्मेदवार बनाएको छ ।त्यस्तै नेमकिपाबाट अपाङ्ग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर मुल, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरकी सङ्गीता नेपाली र महिलातर्फबाट कृष्ण लक्ष्मी दुवालले मनोनयन दर्ता गरेका छन् ।  
 

प्रतिक्रिया