बंगलादेशमा शेख हसिनाको पार्टीको विजयी, लगातार चौथो पटक प्रधानमन्त्री पद सम्हाल्ने

बंगलादेशमा प्रधानमन्त्री एवं अवामी लिगकी अध्यक्ष शेख हसिना लतागार चौथो पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले अत्याधिक बहुमत प्राप्त गरेको हो । हसिना आइतबार भएको निर्वाचनमा गोपालगञ्ज–३ सिटमा भारी जित हासिल गरेकी छिन् । उनको आठौं कार्यकालका लागि संसद सदस्य बनेकी छन । उनको पार्टीले २२३ सिटमा जित हात पारेको छ । संसदमा प्रमुख प्रतिपक्षी दल जापा–इरशादले ११ सिट, बंगलादेश कल्याण पार्टीले एक सिटमा जित हासिल गरेको छ भने ६२ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। राष्ट्रिय समाजतान्त्रिक दल र बंगलादेशको वर्कर्स पार्टीले डुङ्गा चिन्ह लिएर चुनाव लडेकाले एक–एक सिट जितेका छन् । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिनाको  यो लगातार चौथो जित र समग्रमा पाँचौँ कार्यकाल हो । हिजो प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी बीएनपीले चुनाव बहिस्कार गरेको थियो । बाँबी सिट अब प्रधानमन्त्री हसिनाको पार्टी र सहयात्रीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ । चुनावी प्रतिस्पर्धामा रहेका २७ दलमध्ये जतिया पार्टी जेएपीएले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री रहेका छन । आधिकारिक नतिजा भने आज बेलुकासम्म आउने छ । हिजो भएको निर्वाचनमा ४०% को मतदान मात्रै भएको थियो । 

प्रतिक्रिया