शेयर बजारमा दोहोरो अंकले गिरावट

शेयर बजार हप्ताको पहिलो दिन दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आज २६ दशमलव ३६ अंकले घटेर दुई हजार २२ दशमलव ९२ विन्दुमा झरेको छ । आज तीन सय चार कम्पनीको एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता शेयर ९८ हजार छ सय ३२ पटक खरिदबिक्री हुँदा  पाँच अर्ब २४ करोड १४ लाख आठ हजार तीन सय ७९ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज तेह्रथुम पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै चार वटा कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । आज हाइड्रोपावर बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, व्यापार र विकास बैंक समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । 
 

प्रतिक्रिया