सर्लाहीको बरहथवामा स्थानीयद्वारा कफ्र्यू तोडेर प्रदर्शन

सर्लाहीको बरहथवामा कफ्र्यूका बीच पनि स्थानीयले प्रदर्शन जारी राखेपछि तनाव उत्पन्न भएको छ । प्रदर्शनकारीले आज इलाका प्रहरी कार्यालय परिसर भित्र रहेको खरको छानोवाला घरमा आगजनी गरेका छन् । प्रदर्शनकारीले टायरमा आगो लगाई फुसको घरमा फालेर आगजनी गरेका हुन् । आन्दोलनले उग्ररुप लिएपछि नियन्त्रणका लागि प्रहरीले एक दर्जनभन्दा बढी राउण्ड हवाई फायर गरेको छ । शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने विषयलाई लिएर भएको झडपका क्रममा प्रहरीको गोली लागि–६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको विषयलाई लिएर स्थानीय र आफन्तले प्रदर्शन जारी राखेका हुन् । यसअघि आजै प्रशासनले संभावित झडपलाई मध्यनजर गरी पुनः कफ्र्यू आदेश जारी गरेको थियो । प्रशासनले आज दिउँसो पौने १ बजेबाट भोलि विहान ८ बजेसम्मका लागि कर्फर्यू आदेश जारी गरेपनि मृतकका आफन्त र स्थानीयले कर्फर्यू तोडेर प्रदर्शन गरेका हुन् ।
 

प्रतिक्रिया