दुतावासले सिधै २० करोड वितरण गर्ने कुरा खेदजनक छ, स्वीकार्य हुँदैनः ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कुनै पनि देशले बजेटअन्तर्गत नभइ सिधै जनतामा पैसा वितरण गर्ने कुरा आफ्ना मान्छे बनाउने षड्यन्त्रपूर्ण योजना भएको दाबी गरेका छन् । आईतवार काठमाडौंमा राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले भारतीय राजदुतावासले सिधै २० करोड रुपैयाँ पैसा खर्च गर्न पाउने सहमति राष्ट्रिय हित विपरित भएको दाबी गरेका हुन् । उनले दुतावासले सिधा वितरण गर्नेकुरा खेदजनक रहेकाले एमालले स्वीकार गर्न नसक्ने पनि स्पष्ट पारे ।  
वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले देशको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता कमजोर बनेको जिकिर समेत गरे । उनले अपाङ्गतामैत्री नीति बनाउन सरकारलाई आग्रह समेत गरे ।
 

प्रतिक्रिया