बङ्लादेशमा आज आम निर्वाचन, शेख हसिना फेरि निर्वाचित हुने पक्का
बङ्लादेशमा आज आम निर्वाचन भैरहेको छ । बिहान आठ बजेदेखि शुरु भएको मतदान दिउँसो ४ बजेसम्म चल्नेछ । निर्वाचनमा बंगलादेशका करिव १० करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । मतदानका लागि ४० हजार मतदान केन्द्र तोकिएको छ ।आमचुनावमा २७ पार्टी र ४ सय ३६ स्वतन्त्र गरी एक हजार ५ सयभन्दा धेरै उम्मेदवार तीन सय संसदीय सिटका लागि प्रतिस्पर्धामा छन् । ४२ हजारभन्दा धेरै मतदान केन्द्रको व्यवस्थापन गरिएको छ । प्रमुख प्रतिपक्षी दल बङ्लादेश नेसनलिस्ट पार्टी बीएनपीले चुनाव बहिष्कार गरेको छ । बीएनपीले भोलि बिहानसम्म हड्ताल आह्वान गरेको छ ।उसको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने पक्का जस्तै छ । प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी ‘जेएपीए’ ले मात्र विपक्षी दलको प्रतिनिधित्व गरेको छ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री बनेका छन । विपक्षी दलले भाग नलिएको यो चुनावलाई अमेरिका लगायत पश्चिमा देशहरुले मान्यता दिने संभावना काम छ । पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल हालेपछि बंगलादेशको आन्तरिक राजनीति संकटमा छ । ७३ वर्षीय जियालाई भ्रष्टाचारको आरोपमा ढाकास्थित काराबासमा राखिएको छ । निर्वाचन अभियानको क्रममा भएका हिंसामा परी कम्तीमा १५ जनाको मृत्यु भइसकेको छ । १ दर्जनभन्दा बढी निर्वाचन केन्द्रहरुमा आगजनी भएको छ ।।
प्रतिक्रिया