ट्रम्पको कोलोराडो मतपत्रको योग्यता समीक्षा गर्न सर्वोच्च अदालत सहमत
काठमाडौँं । अमेरिकाको सर्वोच्च अदालत पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कोलोराडो मतपत्रको योग्यता समीक्षा गर्न सहमत भएको छ । शुक्रवार सर्वोच्चले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोलोराडोको प्राथमिक मतपत्रमा उपस्थित हुन अयोग्य ठहराउने निर्णयमाथि समीक्षा गर्न सहमति जनाएको हो । अदालतको घोषणा आउनु भन्दा अघि ट्रम्पले अदालतलाई कोलोराडो अदालतले जारी गरेको आदेशलाई अमान्य गर्न आग्रह गरेका थिए । कालोराडो अदालतले ट्रम्पलाई २०२४ को राष्ट्रपतिको चुनावमा लड्नका लागि अयोग्य ठहराउनुपर्ने फैसला गरेको थियो । मुद्दामा फेब्रअरी ८ मा पुनः बहस हुनेछ । गत हप्ता, माइनको राज्य सचिव शेन्ना बेलोज र एक डेमोक्र्याटले ट्रम्पलाई प्राथमिक मतपत्रमा प्रतिवन्ध लगाएका थिए ।
प्रतिक्रिया