पाकिस्तानमा आम निर्वाचनको अनिश्चितता बढ्दै

काठमाडौँं । आर्थिक र राजनीतिक अस्थिरताको सामना गरिरहेको पाकिस्तानमा आम निर्वाचनको अनिश्चितता बढेको छ । त्यहाँको सिनेटले शुक्रवार आमनिर्वाचन पर सार्ने  प्रस्ताव पारित गरेको हो । योसँगै यसै वर्षको फेब्रुअरी ८ तारिखमा तय भएको चुनाव संशयमा परेको हो । सिनेटले प्रस्तावलाई अनुमोदन गर्दा चिसो मौसम र सुरक्षा चिन्ताहरू उल्लेख गरिएको छ । यो प्रस्ताव सिनेटर दिलावर थानले प्रस्तुत गरेका थिए । जसलाई पाकिस्तानको संसद्को माथिल्लो सदनमा ठुलो समर्थन प्राप्त भएको छ । उनले सदनमा यो प्रस्ताव पेस गर्दा १४ सांसद मात्रै उपस्थित थिए । तर, सूचना मन्त्री मुर्तजा सोलाङ्गी र तीन पटक प्रधानमन्त्री बनेका नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) पार्टीले यस कदमको विरोध गरेका छन् । आफ्नो प्रस्तावमा दिलावर खानले यतिबेला देशका अधिकांश क्षेत्रमा अत्यधिक चिसो बढ्दै गएकाले ती क्षेत्रमा निर्वाचन गर्न नसकिने दाबी गरेका छन् । सिनेटको निर्णयको जानकारी सार्वजनिक हुने बित्तिकै पाकिस्तानको शेयर बजारमा ८०० अङ्कभन्दा बढीको गिरावट देखिएको थियो ।
 

प्रतिक्रिया