राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने गठबन्धनको निर्णय

काठमाडौँं । राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरुका बीचमै सिट बाँडफाँट हुने भएको छ ।  शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचनमा सिट बाँडफाँट गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलबीच सिट बाँडफाँट गरेर चुनाव लड्ने निर्णय गरेको जानकारी दिए । प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुने पनि बताए ।

प्रतिक्रिया