सर्लाहीको बरहथवा क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो
काठमाडौँं । सर्लाहीको बरहथवा क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार प्रादेशिक अस्पताल हस्तान्तरणबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा विवाद भएपछि भएको झडपमा ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि बरहथवामा तनावको परिस्थिति सृजना भएको हो ।
प्रतिक्रिया