नेपालमा जलवायु परिवर्तनको लगानी भित्र्याउन सक्ने अवस्था छैन: बनमन्त्री महतो

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालमा जलवायु परिवर्तन सम्बन्धि लगानी भित्र्याउन सक्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार आफ्नै मन्त्रालयले काठमाडौँमा आयोजना गरेको जलवायु परिवर्तन सम्बन्धि कोप–२८ को समिक्षात्मक बैठकमा बोल्दै मन्त्री यादवले नेपालमा जलवायु परिवर्तनको असर न्युनिकरणका लागि आएको बजेट खर्च गर्ने अवस्था आफ्नै मन्त्रालयमा नभएकाले सो सम्बन्धि थप बजेट ल्याउने अवस्था नभएको प्रष्टीकरण दिएका हुन् । उनले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि लगानी गर्न आफूले आग्रह गर्दा दाताले नेपालमा खर्च गर्नसक्ने क्षमता नै नभएकाले दिन नसकिने जवाफ दिएको र त्यसले आफूलाई लज्जित बनाएको गुनासो समेत गरे । 
मन्त्री महतोले जलवायु परिवर्तनसम्बन्धि बजेट समयमै खर्च गर्न पनि सम्बन्धित मन्त्रालय र निकायहरुलाई सचेत गराए । कार्यक्रममा शहरी विकासमन्त्री सीता गुरुङले जलवायु परिवर्तनको विषयलाई नजरअन्दाज गरेर बस्ने छुट नेपाललाई नभएको बताईन् । 
कार्यक्रममा वन मन्त्रालयका सचिव डा. दीपककुमार खरालले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सम्बन्धित मन्त्रालय र सबै पक्षबीच सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औल्याए । 
सचिव खरालले कोप–२८ लाई सफल बनाउने काममा सशक्त र प्रभावकारी भुमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आधार व्यक्त गरे ।

प्रतिक्रिया