खाद्य विभागले दशैँ र तिहारकमा ल्याएका २० वटा च्याङ्ग्रा मरे
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँ र तिहारका लागि बिक्री गर्न ल्याएका २० वटा च्याङ्ग्रा मरेका छन् । दशैँ तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ वटा च्याङ्ग्रामध्ये बुधबार राति २० वटा च्याङ्ग्रा मरेको कम्पनीले जनाएको छ । कम्पनीले दशैँ तिहारको लागि उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गर्नको लागि ५ सय ४२ वटा च्याङग्रा ल्याएको थियो । बुधवार साँझसम्म स्वास्थ्य अवस्थामा रहेका च्याङग्रा बिहीवार बिहान मरेको अवस्थामा भेटिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रदेश प्रमुख ज्ञानु थापाले बताए ।
केन्द्रिय चिकित्सालय त्रिपुरेश्वरमा कार्यरत पशु चिकित्सक एलबी साहीले च्याङ्ग्रा कुकुरको टोकाईबाट मरेको देखिएको बताए ।
कम्पनी ल्याएका ५ सय ४२ वटा च्याङ्ग्रा बिक्री हुन नसकेर कम्पनीमा नै राखेको थियो ।
प्रतिक्रिया