भूमिहीन, अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जाको निस्सा वितरण

पर्वतमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले घरजग्गाको लालपुर्जाका लागि निस्सा वितरण गरिएको  छ । मोदी गाउँपालिकाका   ६  डिमुवा बजारका अव्यवस्थीत वसोवास गरेकालाई निस्सा वितरण गरिएको हो । तीन दशक देखी विना लालपुर्जाको जग्गामा बासोवास गर्दै आएका भुमीहीनहरु निश्सा पाएपनि जग्गा पाउने आसा पलाएको बताएका छन् ।  
३३ वर्ष देखी सार्वजनिक जग्गामा वासोबास गरिरहेका भुमिहीनहरुलाई जग्गा उपल्ब्ध गराउने गरी पहिलो चरणमा निस्सा उपलब्ध गराइएको हो ।
राष्ट्रिय भुमि आयोग र वडाको पहलमा भुमिहिनहरुलाई व्यवस्थित बासोबासका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको हो । 
 

प्रतिक्रिया