भारतका विदेशमन्त्री जयशंकरद्धारा पशुपति दर्शन, आज स्वदेश फर्कँदै

भारतका विदेशमन्त्री एस जयशंकर आज स्वदेश फर्कँदै छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार नेपाल आएका उनी आफ्नो दुई दिने भ्रमण पूरा गरेर आज स्वदेश फर्कँदै छन् । विदेशमन्त्री जयशंकर आजै दिउँसो बा¥ह बजे नयाँदिल्ली फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  स्वदेश फर्कँनु अघि विदेशमन्त्री जयशंकरले आज विहान विहान पशुपतिनाथ मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन । उनले त्रिविस्थित केन्द्रिय पुस्तकालय र अरु केही पुनर्निर्माणका परियोजनाको समेत उदघाटन गरेका छन । भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिनुका साथै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत पूर्वप्रधानमन्त्रीसहित प्रमुख दलका नेतासँग भेट गरेका थिए ।। 
 

प्रतिक्रिया