राष्ट्रियसभा निर्वाचनका लागि नामावली सार्वजनिक हुदै

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदाता नामावली सार्वजनिक हुदै छ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रकाशित मतदाता नामावली उपर दावी विरोधलगायत कार्य पनि आजैदेखि सुरु हुनेछ । आइतबार अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ भने पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशित हुने छ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेको समयमा मतदानको कार्यतालिका राखिएको छ । मतदान सकिएलगत्तै मतगणना गर्ने आयोगको तयारी छ । राष्ट्रियसभामा रिक्त हुन लागेका २० सिटमध्ये १९ सिटमा माघ ११ गते निर्वाचन हुन लागेको हो । बाँकी एक सिटमा भने सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनित गर्ने छन् । 
 

प्रतिक्रिया