हमास नेता अरौरीको अन्त्येष्टीमा हजारौं सहभागी, मृत्युको बदला लिने चेतावनी

दुई दिनअघि लेबनानको राजधानी बेरुतमा इजरायली हमलामा मारिएका हमासका शीर्ष नेता सालेह अल–अरौरीको भव्य अन्त्येष्टि गरिएको छ । बेरुतमा भएको अन्त्येष्टिमा हजारौं सर्वसाधारण सहभागी भएका छन् । अरौरीको तस्बिरसहितको ब्यानर बोकेको भिडले उनको मृत्युको बदला लिने वाचा गरेको छ । अन्त्येष्टीमा प्यालेस्टिनी र हमासका झण्डाहरू सडकमा राखिएका थिए । संगीत, प्रार्थना र बन्दुकको आवाजसहित शव ¥याली समेत गरिएको छ । अन्त्येष्टिमा सहभागी हमासका नेताहरुले बदलाका लागि आफुहरु तयार रहेको प्रतिक्रिया दिएका छन् । अनपेक्षित रुपमा भएको अरौरीको हत्यापछि हमासलाई ठूलो शोक परेको छ । अरौरीं हमासका उपनेतासहित अल कसाम ब्रिगेडका प्रमुख थिए । हमासको शक्ति विस्तारमा अरौरीको भूमिका उच्च मानिन्छ ।। 

प्रतिक्रिया