चुरे पहाड र जंगल दोहन रोक्न माग गर्दै मशाल जुलुस प्रदर्शन

सिरहाको कमला नदी र आसपासको संरक्षित चुरे पहाड र जंगलमा भैरहेको चरम दोहन रोक्न माग गर्दै प्रदर्शन भएको छ । कर्जन्हा नगर क्षेत्रमा पर्ने कमला नदीसँगै चुरेमा दोहन रोक्न सर्वसाधारणले कर्जन्हा नगरपालिका–२ बन्दिपुरमा मशाल जुलुस प्रदर्शन गरेका हुन् । नदीमा भईरहेको अवैध उत्खनन् र नियम मिचेर नगरपालिकाले लगाएको ठेक्का बदर गर्नुपर्ने उनीहरुको माग छ । 
स्थानीय सरकार र अवैध उत्खननमा सग्लनलाई प्रशासनले कारवाही नगरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन । मशाल जुलुश पछिको कोणसभाका वक्ताहरुले जनप्रतिनिधि तथा ठेकेदारको नाजायज मिलिभगतबाट कमला नदीको अवैध दोहन गरी वातावरणीय क्षति पु¥याएको आरोप लगाए । चुरे क्षेत्र, वन क्षेत्र तथा नदीमा स्काभेटर लगाएर गरिने उत्खनन् तत्काल बन्द हुनुपर्ने मागपनि उनीहरुको छ । डिभिजन वन कार्यालय लहानले कमला नदी दोहन गर्ने क्रसर व्यवसायी र कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष फणिन्द्र पोखरेललाई पक्राउ गरेको थियो ।  तर उनीहरुलाई कारबाही नभएको स्थानीयको भनाइ छ । 

प्रतिक्रिया