मधेस प्रदेशका अधिकाशंका ठाउँमा शितलहर सुरु

पुस महिनाको दोस्रो साता लागेसँगै मध्य तराईमा शितलहर सुरु भएको छ । मधेस प्रदेशका अधिकाशंका ठाउँमा एक साता देखि जाडो बढेको हो । तराइका जिल्लामा यसअघि चिसो र जाडो बढे पनि शीतलहरको प्रवाह थिएन । तर, एक सातादेखि जिल्लामा शितलहर बढेको हो । घाम हराएसँगै बढेको शीतलहरका कारण कामकाज गर्न सर्वसाधरणलाई असहज भएको छ । चिसो बढेसँगै जिल्ला प्रशासन कार्यालय पर्साले दाउरा वितरण गर्न आवश्यक तयारी गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । 
अचानक तराइमा बढेको जाडोले पर्सा, बारा,रौतहटसहित मध्य तराइका जिल्लाको जनजीवन कष्टकर बनेको छ । वर्षेनी तराईका जिल्लामा चिसोका कारण जनजीवन प्रभावित हुँदै आएको छ । शीतलहरका कारण बढेको जाडोले कठ्याङग्रिएर मानवदेखि पशु चौपायासमेत प्रभावित छन् । अत्यधिक चिसोका कारण सबैभन्दा बढी विद्यालय जाने तथा घरमा रहने बालबालिका र वृद्धबृद्धालाई असर पर्ने देखिएको छ । शीतलहर र चिसो बढ्ने क्रम रहेमा खेतबारीमा लगाइएका तरकारीलगाएतका अन्य बालीमा समेत कमि आउनेमा किसानहरु चिन्तित छन् । आकाशबाट झरेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सडकमा सर्वसाधारणको हिँड्डुलमा कमी आएको छ । मध्य तराईका जिल्लामा शितलहर तथा चिसोका कारण वर्षेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् ।

प्रतिक्रिया