पूर्वराजा शाहलाई भैरहवामा नागरिक अभिनन्दन, समर्थकद्वारा भव्य स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । आज भैरहवामा भव्य समारोहका बीच पूर्वराजा शाहको नागरिक अभिनन्दन गरिएको हो । पूर्वराजा अभिनन्दनका लागि आउँदा शुभेच्छुकहरुले भव्य स्वागत गरेका थिए । पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रमका लागि एक महिनादेखि तयारी थालिएको थियो । पूर्व राजा शाह पनि एक साता भन्दा लामो समयदेखि भैरहवामा नै बसेका थिए । नागरिक अभिनन्दनपछि पूर्वराजाले सम्बोधन पनि गर्ने कार्यक्रम छ । यसअघि उनले मंगलबार नवलपरासीको सरावल–७ बर्दघाटे कालिका मन्दिरको उदघाटन गरेका थिए । गत साता पूर्वराजाले कपिलवस्तुको शिवराजनगरपालिका–३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको नेपाल एकीकरणका पिता पृथ्वीनारायण शाहको जंगी शालिकको अनावरण गरेका थिए ।  पश्चिमी जिल्लाहरुको भ्रमणमा रहेका पूर्वराजाले पृथ्वीनारायणको शालिक अनावरण गरेका हुन् । पूर्वराजा गत पुस ८ गते भैरहवा गएका थिए । एक महिना उपत्यका बाहिर रहने पूर्वराजा वीरगञ्जसमेत जाने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया