भारतीय विदेशमन्त्रीद्वारा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटवार्ता

भारतीय विदेशमन्त्री एस जयशंकरले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन ।  दुई दिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका उनले शितल निवास पुगेर राष्ट्रपति पौडेल र सिंहदरबार पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल–भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य आवश्यक रहेको बताएका छन । राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय नेपाल र भारतको साझा मुद्दा  भएको भन्दै मिलेर काम गर्न आग्रह गरेका थिए । त्यस लगत्तै जयशंकरले बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गरेका छन । भेटमा दुईपक्षीय हित, नेपालको विकासमा भारतको सहयोग लगायतका विषयमा कुराकानी भएको छ । आजै पौने चार बजे उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्नेछन । भोलि बिहान उनले पशुपतिनाथको दर्शन गर्नेछन । भोली नै त्रिवि पुस्ताकालय तथा भुकम्पपछिको पुनर्निर्माण परियोजनाको उदघाटन गर्ने कार्यक्रम छ । विदेशमन्त्री जयशंकर भोलि नै दिउँसो साढे १२ बजे दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया