मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा
मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पुर्याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । आयोजनाको मुहान क्षेत्रको मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । अबको १० दिनभित्र काम सकेर काठमाडौंमा पानी वितरणको तयारी छ । गत वर्षको बाढीले हेडवर्क्सको संरचनालाई करिब २० फिट अग्लो गेग्रानले पुरेको थियो । अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिक्ने काम भइरहेको छ । विसं २०७८ असारमा आएको बाढीले मुहान क्षेत्रलाई तहसनहसनै बनाएपछि पानी काठमाडौँ अस्थायीरुपमा ल्याउने गरिएको छ ।।
प्रतिक्रिया