अधिकांश भूकम्प पीडित त्रिपालमै बस्न बाध्य

जाजरकोट भूकम्पको दुई महिनासम्म अधिकांश पीडित त्रिपालमै बस्न बाध्य भएका छन् । भूकम्पमा रुकुमपश्चिमका ५३ जनाको मृत्यु भएको थियो । करिब ३२ हजार घरपरिवार घरबासविहीन भएका थिएरु।  भूकम्पपछि खोज, उद्धार, उपचार र राहत वितरणको काम प्रभावकारी भए पनि अस्थायी आवास निर्माणको काममा ढिलाइ भइरहेको छरु। दुई महिनासम्म त्रिपालमै बस्नु परेको भूकम्पपीडितको गुनासो रहेको छरु। स्थानीय सरकार अस्थायी आवासमै केन्द्रित भएको बताइन्छरु।   जिल्ला प्रशासनका कार्यालयको तथ्याङ्क अनुसार हालसम्म सरकारी अनुदानबाट रुकुमपश्चिममा सात हजार ७९ वटा मात्र अस्थायी आवास निर्माण भएका छन्रु। अधिकांश पीडित त्रिपालकै साहरामा रहेका छनरु। भूकम्पले चर्केकै घरमा कतिपय पीडित बस्न बाध्य छन । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको तथ्याङ्कमा सात हजार ७९ अस्थायी आवास निर्माण भएको र नौ हजार ३४१ निर्माणको चरणमा रहेका छनरु। अस्थायी आवास निर्माणका लागि सङ्घीय सरकारबाट जिल्लामा हालसम्म ८४ करोड बजेट प्राप्त भइसकेको छरु। हालसम्म स्थानीय तहले ४९ करोड २९ लाख २५ हजार रुपियाँ लाभग्राहीको खातामा पठाइसकेका छन रु। हालसम्म जिल्लामा करिब २७ हजार लाभग्राही पहिचान भइसकेका छन । 

प्रतिक्रिया