भारतीय विदेशमन्त्री जयशंकर दुई दिने भ्रमणका लागि काठमाडौँमा

भारतीय विदेशमन्त्री डा.एस जयशंकर दुई दिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन । भारतीय वायुसेनाको विशेष विमानमा आएको टोलीलाई त्रिभुवन विनानस्थलमा परराष्ट्रमन्त्री एनपी साउत सहितको टोलीले स्वागत गरेको छ । नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी काठमाडौं आएका हुन । उनले केहीबेरमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन । राष्ट्रपतिसँगको भेटवार्ता सकिएपछि उनी प्रधानमन्त्री पुष्पकमल दाहासँग भेटवार्ता मध्यान्ह १२ बजे बालुवाटारमा हुनेछ । विदेशमन्त्री जयशंकर एक बजे होटल याक एण्ड यतिमा परराष्ट्र मन्त्रीसँग भेटवार्ता हुनेछ । सवा एक बजे त्यहीं आयोजित नेपाल भारत संयुक्त आयोगको सातौँ बैठकमा उनी सहभागी हुनेछन् । बैठकपछि दुईपक्षीय सम्झौतमा हस्ताक्षर हुनेछ । आजै पौने चार बजे उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्नेछन । भोलि बिहान उनले पशुपतिनाथको दर्शन गर्नेछन । भोली नै त्रिवि पुस्ताकालय तथा भुकम्पपछिको पुनर्निर्माण परियोजनाको उदघाटन गर्ने कार्यक्रम छ । विदेशमन्त्री जयशंकर भोलि नै दिउँसो साढे १२ बजे दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।।

प्रतिक्रिया