पूर्वराजा शाहलाई आज भैरहवामा नागरिक अभिनन्दन गरिँदै
पूर्वराजा ज्ञानेन्द्र शाहको आज भैरहवामा नागरिक अभिनन्दन गरिदैछ । दिउँसो पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रमका लागि एक महिनादेखि तयारी भैरहेको छ । पूर्व राजा शाह पनि एक साता भन्दा लामो समयदेखि भैरहवामा नै बसिरहेका छन । नागरिक अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले भैरहवामा सम्बोधन गर्ने भएका छन् । नागरिक अभिनन्दनपछि उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । यसअघि विभिन्न ठाउँमा नागरिक अभिनन्दन भए पनि पूर्वराजाले कमै मात्र सम्बोधन गरेका छन । यसअघि उनले मंगलबार नवलपरासीको सरावल–७ बर्दघाटे कालिका मन्दिरको उदघाटन गरेका थिए । गत साता पूर्वराजाले कपिलवस्तुको शिवराजनगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको नेपाल एकीकरणका पिता पृथ्वीनारायण शाहको जंगी शालिकको अनावरण गरेका थिए । पश्चिमी जिल्लाहरुको भ्रमणमा रहेका पूर्वराजाले पृथ्वीनारायणको शालिक अनावरण गरेका हुन् । पूर्वराजा गत पुस ८ गते भैरहवा गएका थिए । एक महिना उपत्यका बाहिर रहने पूर्वराजा वीरगञ्जसमेत जाने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया