देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको छ: महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताएका छन् । बुधवार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले देश मात्र नभई राजनीतिक दलहरु समेत प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद् पक्ष भएको बताएका हुन् । उनले पूर्वप्रधानमन्त्रीहरुलाई विस्थापन गर्ने प्रयास आफूले शुरु गरेको बताउँदै निरन्तर प्रतिष्पर्धा गर्ने संकेत समेत गरे । 
महामन्त्री थापाले देशमा संविधान बनेर आवधिक निर्वाचनहरु हुन थाल्नु सकारात्मक भएपनि अर्थतन्त्रमा र शासकहरुको प्रवृत्तिमा भने सुधार हुन नसकेको टिप्पणी समेत गरे । उनले पूर्वकर्मचारीहरुको ज्ञान र सिपलाई सरकारले उचित ढंगले प्रयोग गर्नुपर्नेमा जोड पनि दिए ।
 

प्रतिक्रिया