राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान एमाले अध्यक्ष ओलीको प्रस्ताव

नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान सत्तारुढ गठबन्धनसामू प्रस्ताव गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र एमालेबीच भएको छलफलमा अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान प्रस्ताव गरेको बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । मिलेर जाने बारेमा कुनै सहमति भने नभएको पनि उनले जानकारी दिए । बैठकमा गठबन्धन दलहरूबीच यसअघि आ–आफूले जितेको सिट यथावत् राखेर जान असहमति नभएपनि एमालेबाट जितेको ९ सिटमा कसरी भागबण्डा गर्ने भन्ने विषयमा दलहरूबिच सहमति नभएको पनि उनले बताए । 

प्रतिक्रिया