इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने मागमा सरकार सकारात्मक: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने मागमा सरकार सकारात्मक रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएशनको १६ औं राष्ट्रिय सम्मेलनको उद्घाटन गदै उनले नेपाल इन्जिनियरिङ एशोसिएशनले उठाउँदै आएको माग पूरा गर्ने विषयमा छलफल भैरहेको जानकारी दिएका हुन । इन्जिनियरहरुको क्षमता अभिवृद्धि, पेशागत विकास र उन्नयनका निम्ति छुट्टै कलेजको माग राख्नु स्वभाविक रहेको प्रधाममन्त्री दाहालको भनाइ छ । 
प्रधानमन्त्री दाहालले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको कामलाई प्राथमिकताका साथ अघि बढाएको समेत दोहो¥याए । उनले मुलुकको समृद्धिका लागि गुणस्तरीय पूर्वाधार विकासमा जोड दिनुपर्ने भएकाले पनि त्यसमा इन्जिनियरहरुको भुमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने चुनौति सामना गर्न पनि सरकारले इन्जिनियर तथा प्राविधिकहरुको समुचित परिचालनमा जोड दिन चाहेको पनि प्रधानमन्त्री दाहालले बताए । उनले मुलुकको आर्थिक विकासको ढोका खोल्न र दूरदराजमा रहेकाहरुको पनि आर्थिक विकासका लागि पूर्वाधार विकासको कामलाई तिब्रता दिन जरुरी रहेको उल्लेख गरे । 
 
 

प्रतिक्रिया