टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशन गर्दै नागरिक उन्मुक्ति

नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा पुस २६ गतेदेखि प्रथम राष्ट्रिय अधिवेशन गर्ने भएको छ । धनगढीमा आज  बिहान पत्रकार सम्मेलन गर्दै पार्टीका संरक्षक रमेश चौधरीले प्रथम अधिवेशनको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहित शीर्ष नेता सहभागी हुने जानकारी दिएका हुन  । अधिवेशनमा ८ हजार प्रतिनिधि सहभागी हुनेछन । पार्टीले २ सय ४६ निर्वाचनबाट र २ सय ५५ जनालाई मनोनित गर्ने छ । ३ दिनसम्म टीकापुरमा सञ्चालन हुने अधिवेशनमा सहभागीहरूले स्थानीय खानाका परिकारहरू खान पाउने व्यवस्था गरिएको छ । पार्टीको संगठन अहिलेसम्म ५२ जिल्लामा विस्तार भएको छ । रेशम चौधरीले कारागारबाटै नागरिक उन्मुक्ति पार्टीको स्थापना गरेका थिए । पार्टीको केन्द्रीय कार्यालय कैलालीको टीकापुरमा रहेको छ । पार्टीकी अध्यक्षसमेत रहेकी रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ अहिले संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन ।
 

प्रतिक्रिया