शेयर बजारमा दोहोरो अंकले बृद्धि
शेयर बजार आज दोहोरो अंकले बढेको छ । लगातार छ दिनसम्म घटेको शेयर बजार आज २७ दशमलव ९० अंकले बढेर दुई हजार ५८ विन्दुमा पुगेको हो । आज तीन सय छ कम्पनीको एक करोड पाँच लाख चार सय ९८ कित्ता शेयर ९६ हजार दुई सय ५२ पटक खरिद बिक्री हुँदा चार अर्ब चार करोड ८८ लाख ५७ हजार चार सय ५४ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २६ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबै समूहको शेयर उकालो लागेकोमा जलविद्युत्, होटल तथा पर्यटन र लगानी समूहको शेयर उच्च अंकले बढेको छ । आज दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । बजार हरियाली भएको दिन आज लक्ष्मी लघुवित्तको शेयर भने सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ । सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव १० र प्रभु स्मार्ट फन्डको शेयर मूल्य चार दशमलव ८१ प्रतिशतले घटेको छ । आज २ सय ९ कम्पनीको सेयर मूल्य बढेको छ । ३० वटा कम्पनीको मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
प्रतिक्रिया