पूर्वराजा शाहद्वारा राप्रपाका शीर्ष नेताहरुसँग समुहिक भेट

पूर्वराजा ज्ञानेन्द्र शाहले आज राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’का प्रमुख नेताहरू भेटेका छन् । पश्चिम क्षेत्रको भ्रमणको लागि भैरहवामा रहेका राजा शाहसँग आज दिउसो अध्यक्ष राजेन्द्र लिङदेन सहित शीर्ष नेताहरुले भेट गरेका हुन । राप्रपा अध्यक्ष  लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंहविच भेटवार्ता भएको हो । भेटमा राजतन्त्रको पक्षमा राप्रपाले चलाएको अभियान लगायतका विषयमा छलफल भएको बताइएको छ । पूर्वराजाले राप्रपाका नेताहरूलाई सामुहिक भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । विभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्ने र राजनैतिक व्यक्तित्व तथा सर्वसाधारणसँग भेटघाट गर्ने उद्देश्यसहित पश्चिम क्षेत्रको भ्रमणमा निस्किएको शाहलाई भेट्न राप्रपाका नेताहरू होटेलमै पुगेका हुन् । पूर्वराजा आफ्ना परिवारका सदस्यहरूसहित नागरिक अभिनन्दन तथा भेट यसअघि गत वर्ष फागुनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जना नेताहरूले झापामा पुगेर पूर्वराजा शाहसँग सामूहिक भेट गरेका थिए । भेटघाटका लागि केही दिनदेखि भैरहवामा छन । उनको बिहीबार भैरहवामा नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ । सो क्रममा उनले सुबेच्छुकलाई सम्बोधन समेत गर्ने बताइएको छ । 

प्रतिक्रिया