पूर्वराजा शाहद्वारा बर्दघाटे दुर्गा भगवती र शिव मन्दिरमा पूजाअर्चना

समर्थकद्वारा पूर्वराजाको भव्य स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाहले पश्चिम नवलपरासीको बर्दघाटस्थित शक्तिपिठको दर्शन र पुजापाठ गरेका छन । बुधबार सरावल गाउँपालिका वडा नम्बर सातस्थित बर्दघाटे दुर्गा भगवती र शिव मन्दिरमा राजाले पुजापाठ गरेका हुन । लुम्बिनी प्रदेशको विभिन्न शक्ति पिठहरुमा पुजाआजा गर्ने क्रममा उनी नवलपरासी पुगेका हुन । सो क्रममा समर्थकहरुले राजतन्त्रको पक्षमा नारावाजी समेत गरेका थिए । कार्यक्रममा पूर्व राजा शाहलाई राप्रपाका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य धुव्रबहादुर प्रधानले मायाको चिनो प्रदान गरेका थिए । सो क्रममा  उपाध्यक्ष प्रधानले शाहको भ्रमणले कालिका मन्दिर क्षेत्रको विकास प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास प्रकट गरे । कालिका मन्दिर एक सय वर्ष भन्दा पनि पुरानो मानिन्छ । मन्दिरमा चैत्र नवमीमा भव्य मेला लाग्ने गर्दछ । मन्दिरमा भाकल गरे पुरा हुने जनविश्वास रहेको छ । भाकल पुरा भएकाहरुले मन्दिरमा आई हात्तिको प्रतिमा स्थापना गर्ने गर्दछन् । पूर्व राजा शाहलाई भोली भैरहवामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । सो क्रममा उनले सुवेच्छुकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
 

प्रतिक्रिया