कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर राख्न हर्क साम्पाङलाई दलका भातृ संगठनको दबाब

धरान उत्सवमा प्रधानमन्त्री आउने निश्चित भए मात्र तस्विर राख्ने हर्क साम्पाङको अडान

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर राख्न दलका भातृ संगठनहरुले दबाब दिएका छन् । दलका भ्रातृ संगठनहरुले ¥यालीसहित उपमहानगरपालिका पुगेर राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर साविककै ठाउँमा राख्न दबाब दिएका हुन् । उनीहरुले संविधानभन्दा बाहिर कसैले जान नमिल्ने भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न आग्रह गरे । 
जवाफमा प्रमुख साम्पाङले धरान उत्सवको उद्घाटनमा प्रधानमन्त्री आउने निश्चित भए मात्र तस्विर राख्ने अडान राखे । उनले धरान उपत्सवमा प्रधानमन्त्रीले आउने निश्चित गरेपछि प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा महोत्सव हुने बताइसकेको अवस्थामा दाहालले नआउने पत्र पठाएपछि धरानलाई उपेक्षा गरेको ठानेर आफूले आन्दोलन स्वरुप राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको बताए । 
फोटो हटाएकै विषयलाई लिएर गत शुक्रबार बसको कार्यपालिका बैठक समेत स्थगित भएको थियो ।

प्रतिक्रिया