स्वदेशी चिया निर्यातमा गिरावट

मुलुकमा उत्पादित चियाको निर्यातमा गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा एक अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपियाँ बराबरको ७१ लाख ८१ हजार १४० किलो चिया निर्यात भएको छ । गत वर्षको सोही अवधिमा दुई अर्ब २३ करोड २१ लाख ५२ हजार रुपियाँ बराबरको एक करोड ६५ हजार ५३० किलो चिया निर्यात भएको थियो । चालु आवमा गत आवको तुलनामा ३६ करोड तीन लाख ८० हजार रुपियाँको चिया निर्यातमा कमी आएको छ ।  स्पेसल किसिमको चियामा लागत अनुसार मूल्य नपाउँदा उत्पादकले चिया बिक्री नगरी मौज्दात राख्दा निर्यातमा कमी आएको उद्यमीको भनाइ छ । स्पेसल चिया, ग्रिन टी र गोल्डेन टीको निर्यात कम हुँदा समग्र निर्यातमा कमी आएको हो ।नेपालमा सिटिसी र अर्थाेडक्स चिया उत्पादन हुने गरेको छ । बोर्डका अनुसार ३० जिल्लामा २० हजार २३७ हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको छ । सबै प्रकारको गरी वार्षिक दुई करोड ६३ लाख ७९ हजार ४९३ किलो चिया उत्पादन हुन्छ ।

प्रतिक्रिया