हमासविरुद्ध लेबनानमा इजरायलको ड्रोन आक्रमण
इजरायलले गरेको ड्रोन आक्रमणका कारण हमासका उप राजनीतिक नेताको मृत्यु भएको छ । हमासको दोस्रो बरियतामा रहेका सालेह अल–अरौरीको दक्षिणी बेरुतमा ड्रोन हमलामा मारिएका हुन । इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएकामध्ये ५७ वर्षिय अरौरी हमासका सबैभन्दा ठूला नेता हुन् ।इजरायलले हमासविरुद्ध लेबनानमा गरेको सर्जिकल स्ट्राइकमा नेता अरोरीसहित अन्य ६ जना मारिएको दाबी गरेको हो । लेबनानका संचारमाध्यमले इजरायलको आक्रमणमा उपनेता अरौरी, दुईजना हमास सैन्य कमाण्डरसहित ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन । इजरायली सैन्य प्रवक्ता मार्क रेगेभले सालेह अल–अरौरीको हमास नेतृत्व विरुद्धको सर्जिकल स्ट्राइक“ मा मृत्यु भएको पुष्टि गरेका छन् । हमासले आफ्ना नेताको मृत्युको निन्दा गर्दै लेबनानी सार्वभौमसत्तामा इजरायलले धाबा बोलेकोे प्रतिक्रिया दिएको छ । यसैबीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफुहरुलाई टकरावमा तान्न खोजेको आरोप लगाएका छन् । इजरायलले हमास लक्षित आक्रमण गरेको भन्दै लेबनानलाई उत्तेजित नहुन आग्रह गरेको छ ।।
प्रतिक्रिया