राष्ट्रिय राजमार्गसंग जोड्ने जब्दीघाटमा पुल नबन्दा स्थानीयलाई सास्ती
बर्दियाको सदरमुकाम गुलरियालाई राष्ट्रिय राजमार्गसंग जोड्ने जब्दीघाटमा पुल नबन्दा स्थानीय सास्ती ब्यहोर्न बाध्य छन । २०७४ साल साउन २८ गते बाढिले भासिएको पुल पुन २०७९ साल असोज २० गते आएको बाढीले क्षतिग्रस्त भएको पुल पुर्ननिर्माण हुन नसकेको हो । पुल नभएकै कारण सदरमुकाम आवतजावत गर्न समस्या भएपछि स्थानीयले आन्दोलनको तयारी गरेका छन ।
पुल क्षतिग्रस्त भएपछि जब्दीघाटमा डुँगा र अस्थायी काठेपुलबाट नदी वारपार गर्नुपर्नै बाध्यता छ । बारबर्दियामा विरामी बर्दिया अस्पतालसम्म पुगेर उपचार सेवा पाउन समेत बन्चित छन ।
बालबालिकाहरु पढ्नका लागि गुलरिया आउने भएकाले पुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका छन । क्षतिग्रस्त ४ सय ३५ मिटरको पक्की पुल ६ बर्षदेखि पुनःनिर्माण भएको छैन । जब्दीघाट पुल पुननिर्माण गर्न तीनै दलका सरकारलाई दबाब दिने स्थानीयको तयारी छ ।
प्रतिक्रिया