जापानको हानिडा विमानस्थलमा दुई विमान ठोक्किएर आगलागी

विमानमा रहेका सब सकुशल

जापानमा रनवेमा दुई विमानको ठक्करबाट भीषण आगलागी भएको छ । जापानको राजधानी टोकियोमा रहेको हानिडा विमानस्थलमा जापान एयरलाइन्स र  कोस्ट गार्डको विमान आज साँझ आपसमा ठक्कर खाँदा आगलागी भएको हो । रनवेमा रहेका कोस्ट गार्डको विमानको ठक्करका कारण सो दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।  जापानको सरकारी सञ्चार संस्था एनएचकेले जापान एयरलाइन्सको विमानमा सवार सबै चालक दलका १२ सदस्य र ३ सय ६७ जना यात्रुलाई सुरक्षित रुपमा निकालिएको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा विमानको भ¥याङबाट धुँवा निक्लिएको देखिएको छ । जापान एयरको विमानले होक्काइडोको उत्तरी टापुको शिन–चितोसे विमानस्थलबाट उडान भरेको थियो । घटनापछि हानिडा विमानस्थलको धावनमार्ग बन्द गरिएको छ ।।

प्रतिक्रिया