मन्त्रीमण्डल पुनर्गठन गरेर सरकारका कामलाई प्रभावकारी बनाइने: माओवादी केन्द्र

बालकुमारी घटना स्वाभाविक नभएको निष्कर्ष

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीमण्डल पुनःगठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहेको जनाएको छ । आज पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको विशेष रुपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले पुनःगठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताएका हुन ।  गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निस्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको उनले बताए । 
प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको भनाइपछि छलफल गरेर मात्रै निर्णयमा पुग्ने बताए । माओवादी केन्द्रले बालकुमारी घटना स्वाभाविक नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रवक्ता सापकोटाले घटना रहस्यमय जस्तो देखिएको बताए । उनले उत्तेजना फैलाए जस्तो रहेको भन्दै स्वाभाविक जस्तो नदेखिएको उल्लेख गरे । यस्तै राष्ट्रिय सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटमा गठबन्धन दलहरूबिच सामान्य छलफल भएपनि निष्कर्षमा नपुगेको उनले बताए । उनले पार्टीले राष्ट्रिय सभामा घाइते, अपाङ्गता भएका, अहिलेसम्म अवसर नपाएकालाई ल्याउने जानकारी पनि दिए । पार्टीको जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी समेत माओवादीले गरेको छ । अभियानले टोल कमिटीदेखि समिति गठन, पुनःगठन गरेको उसको दाबी छ । अभियानले सदस्यता नविकरण तिब्रताका साथ अघि बढाउन भुमिका खेलेकोपनि माओवादीको भनाइ छ । 
 

प्रतिक्रिया