शेयर बजारमा दोहोरो अंकले गिरावट
शेयर बजार आजपनि दोहोरो अंकले घटेको छ । आज शेयर बजार परिसूचक ३० दशमलब ०५ अंकले घटेर २ हजार ३० दशमलब १० अंकमा पुगेर बन्द भएको हो ।नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.५४ अंकले घटेर ३८०.५३ अंकमा पुगेर बन्द भएको छ । आज तीन सय पाँच कम्पनीका १ करोड ११ लाख ८५ हजार कित्ता शेयर ४ अर्ब ४ करोड ४६ लाख ५९ हजारमा किनबेच भएको छ । कारोबार रकमका आधारमा शिवम सिमेन्ट र कारोबार शेयरका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेका छन । सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबै समूहको शेयर घटेकोमा होटल, निर्जीवन बीमा र जलविद्युत् समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर १० प्रतिशतले र सिटिजन्स लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । आज चिरख्वा हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरिङ हाउस लिमिटेडको शेयर भने १० प्रतिशतले बढेको छ ।।
प्रतिक्रिया