बिद्यार्थीले सञ्चालन गरे मेलामा खाजाको स्लट
धौलागिरि बहुमुखी क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थीहरूले बाग्लुङ सदरमुकाममा सञ्चालन भएको मेलामा खाजाको स्लट सञ्चालन गरेका छन । काम गर्न जानेको खण्डमा यहीँ काम गरेर बस्न सकिने बिश्वास समेत जगाउने उद्देश्यले विद्यार्थीले खानाको प्रदर्शनी राखेका हुन । मेलाले पुस्तकका अलवा ब्यवहारिक ज्ञान दिन सहयोग गरेको विद्यार्थीको भनाइ छ ।
बिद्यार्थीहरूले महोत्सवमा ब्यवसाय गरेको नाफा मानव सेवा आश्रमलाई सहयोग गर्ने योजना बनाएका छन । उनीहरुले अघिल्लो बर्षपनि आश्रमलाई सहयोग गरेको क्याम्पसले जनाएको छ ।
रोजगारीका लागि विदेश जाँदा समेत व्यवहारिक सीप सहयोगी हुने विद्यार्थीको भनाइ छ । धौलागिरीमा बीबीए अध्ययन गरेका विद्यार्थीहरुलाई व्यवहारिक सीपले रोजगारीमा पनि सहयोग पुगेको छ ।
प्रतिक्रिया