पाणिनि वेद विद्याश्रमलाई पशुपति क्षेत्र विकास कोषको आर्थिक सहयोग
अर्घाखाँचीको सन्धिखर्कमा रहेको पाणिनि वेद विद्याश्रमका लागि पशुपति क्षेत्र विकास कोषले आर्थिक सहयोग गरेको छ । कोषले दिएको ३० लाख रुपैयाँ अक्षय कोष स्थापना गरि विद्याश्रम संचालन गर्ने भएको हो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री शुसिला श्रीपालीले संस्कृत शिक्षाको विकासमा जोड दिइन ।
अर्घाखाँचीको एकमात्र सस्कृत विषयको पढाइ हुने पाणिनि वेद विद्याश्रमको सञ्चालनका लागि स्थानीय सरकारले पनि चासो देखाएका छन ।
आवसीय रुपमा संस्कृत विषयको पढाइ हुने विद्यालय सञ्चालनमा कठिनाइ हुँदै आएको यो रकमले सहज हुने विद्याश्रमको भनाइ छ ।
कक्षा ६ देखि १० सम्म सस्कृत विषयको पढाइ हुने वेदविद्याश्रममा ४५ जना वटुकहरु अध्ययनरत छन् । नेपालको पहिचान विशिष्ट भएपनि पछिल्लो समय आधुनिकताका नाममा विकृति बढेकोमा सबै सतर्क हुनुपर्ने धारणा छ ।
प्रतिक्रिया