प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाविच बालुवाटारमा छलफल

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनमा प्रारम्भिक छलफल सुरु भएको छ । पुस २३ गते उम्मेदवारी मनोनयनको मिति नजिकिएसँगै दलहरुले भागबन्डाका लागि कसरत गरिरहेका छन । सोही क्रममा आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रदेशमा दलहरुको मतभार र विदा हुन लागेका सदस्य संख्याबारे आज सामान्य छलफल भएको कांग्रेस नेताहरुले बताएका छन । छिट्टै सत्ता गठबन्धन दलहरूसँग सामूहिक छलफल गरेर सिट बाँडफाँटबारे निर्णय हुने नेताहरुको भनाइ छ । छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । माओवादीबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय सभामा गठबन्धनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ । राष्ट्रपतिबाट मनोनीत एक सहित २० जना राष्ट्रियसभा सदस्य फागुन २० गते बिदा हुँदैछन् । त्यसमध्ये १९ सिटका लागि माघ ११ मा निर्वाचन हुँदैछ । एक सदस्य भने मन्त्रीपरिषद्को सिफरिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । 


 

प्रतिक्रिया